जोडिनुहोस
  • होमपेज
  • भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुग्यो

भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुग्यो

काठमाडौं। भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् ।

उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजीमा व्यस्त छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ । भूकम्पका कारण सयौं भवन ध्वस्त भएका छन् ।

भानुआतु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ । भानुआतु दक्षिण प्रशान्त क्षेत्रमा ८० वटा साना टापुहरू भएको देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा रहेको छ ।

भानुआतुलाई भूकम्प लगायत अरू प्राकृतिक प्रकोपको जोखिक क्षेत्र मानिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका