
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा हाल भइरहेको पहिलो क्वालिफायर्स अन्तर्गत जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
जनकपुरका लागि जिम्मी नीशमले सर्वाधिक ४५ रन बनाए । उनलाई स्कट कुगलाइनले बोल्ड गरे । शुभ कंसकारले २६, हर्ष थाकर र लहिरु मिलान्थाले १२, आसिफ शेख र अरनिको यादवले ११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले दुई विकेट लिए । कुगलाइनले एक विकेट लिए ।