काठमाडौं । १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।