जोडिनुहोस
  • होमपेज
  • नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य, तीन ब्याटरको अर्धशतक

नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य, तीन ब्याटरको अर्धशतक

काठमाडौं। यू–१९ एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा घरेलु टिम नेपालले हङकङलाई २ सय ६६ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपाल यू–१९ टिम ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भयो ।

नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ९६ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ६० रन बनाए ।

यस्तै, अभिषेकले ४१ बलमा चार चौका र दुई छक्कासहित ५६ रनको इनिङ खेले । त्यस्तै, सन्तोषले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । उनी रनआउट भए ।

यस्तै, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए । हङकङ यू–१९ पार्थ श्रीवास्तव, शायन पुरी, डेनियल म्याप्पा र प्रित मांगुकियाले सर्वाधिक दुई/दुई विकेट लिए ।

तीन खेलको सिरिज नेपालले २–० ले जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः तीन विकेट र २२६ रन बनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका