जोडिनुहोस
  • होमपेज
  • हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको ’क्लिन स्वीप’

हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको ’क्लिन स्वीप’

काठमाडौं। हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाली युवा टोलीले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १ सय ३० रनले हरायो ।

नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनमात्र बनाउ सक्यो । हङकङका प्रीत मन्गुकियाले नटआउट ५५ रन बनाए । नेपालका कप्तान अभिषेक तिवारी र अफ्रुद्दीन राइनले २/२ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ६५ रनमा अलआउट भयो । नेपालका सूर्यंशु कोइरालाले ६०, अभिषेक तिवारीले ५६, सन्तोष यादवले ५३ रन बनाए । हङकङका डेनेल माप, पार्थ श्रीवास्तव, शयन पुरी र प्रीत मन्गुकियाले २/२ विकेट लिए ।

नेपालले पहिलो खेल ३ विकेट र दोस्रो खेल २ सय २६ रनले जितेको थियो । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भएको हो । विश्वकप एशिया छनोट आउँदो वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका