
काठमाडौं। सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हुम्ला सदरमुकाम सिमकोट र आसपासको क्षेत्र हिँउले ढाकिएको छ।
सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।
तस्बिरः दाने बोहरा–रासस