जोडिनुहोस
  • होमपेज
  • तेहरानमै मारिएका थिए हानिए

अन्तर्राष्ट्रिय

तेहरानमै मारिएका थिए हानिए

तेहरानमै मारिएका थिए हानिए

तेहरान। इजरायलको रक्षा मन्त्रालयले पहिलो पटक इरानको तेहरानमा हमास नेता मोहम्मद हानिए मारिएको जनाएको छ।

इरानको सहयोगमा इजरायलसँग लडी रहेको यमनको विद्रोही हाउथी समूहलाई आक्रमण गर्ने बताउँदै इजरायल काट्जले इरानको तेहरानमा बसिरहेको समयमा हानिए मारिएको बताए।

यसैबिच इजरायली बेन्जामिन नेतान्याहुले इजरायल र हमास बिच युद्ध विरामको सम्भावना बढी रहे पनि यसको डेटलाइन नै भन्न भने असमर्थ रहेको बताएका छन्। हमास र इजरायल बिचको युद्ध विराम प्रक्रियाको ९० प्रतिशत पुरा भइसकेको जनाइएको छ।

काट्जले हाउथी र यसको नेतृत्वले ठुलो क्षति व्यहोर्ने चेतावनी दिएका छन्। उनले हिजबुल्लाह, हमास र यसका नेतामाथि गरेको जस्तै हाउथी र उसका नेतामाथि पनि आक्रमण गर्ने चेतावनी दिए।

हानिए र याया सिनवरको मृत्युपछि हमास अहिले नयाँ नेताको खोजीमा छ। सिनवरको गत अक्टोबरमा गाजामा भएको इन्काउन्टरमा मृत्यु भएको थियो। सेप्टेम्बरमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएको थियो।

अक्टोबर महिनामा गाजामा इजरायलले आक्रमण गरेपछि यमनको उत्तर पश्चिममा प्रभावमा रहेको हाउथीले इजरायल र रेडसीमा रहेको अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गरेको हो।

हाउथीले गत साता इजरायलमा बिलास्टिक मिसाइल प्रहार गरेको थियो भने इजरायलले पनि सानामा रहेको हाउथीको सैन्य संरचनामा आक्रमण गरेको थियो।

अन्तर्राष्ट्रिय जहाजलाई जोगाउने क्रममा अमेरिका र बेलायतले पनि हाउथीमाथि आक्रमण गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका