जोडिनुहोस
  • होमपेज
  • शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर

शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर

काठमाडौं। शोभा पाठक भनेर चिनिने जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएका थिए ।

त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई १ पुसमा पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।

यो मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?