
काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।
भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।