जोडिनुहोस
  • होमपेज
  • उपाधि हासिल गरे पनि विद्यार्थीले रोजगार पाएनन् : शिक्षामन्त्री

उपाधि हासिल गरे पनि विद्यार्थीले रोजगार पाएनन् : शिक्षामन्त्री

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीले उपाधि पाए पनि रोजगार नपाएको गुनासो गरेकी छिन्।

शनिवार त्रिभुवन विश्वविद्यालयद्वारा दशरथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो व्यक्त गरेकी हुन्।

विश्वविद्यालयका शैक्षिक कार्यक्रम उद्यम र बजारका आवश्यकतासँग मेल नखाएको बताएकी छिन्। त्यसैले विद्यार्थीहरू पढाइ र रोजगारीका लागि विदेशिने गरेको बताइन्।

उनले पूर्वाधारको सीमितता, जनशक्ति अव्यवस्थापन, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषय प्राथमिकीरण गर्न नसक्दा विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताइन्।

उनले ज्ञान, आविष्कार र विकासलाई योगदान दिन अनुसन्धान केन्द्रहरूमार्फत अनुसन्धान गरिरहेको दावी गरिन्। उनले थुप्रै उपलब्धि हुँदाहुँदै पनि केही चुनौती रहेको र त्यसको समाधानमा व्यवहारिक प्रयत्न गर्न सक्नुपर्ने बताइन्।

शिक्षामन्त्री भट्टराईले भनिन्‚ ‘विश्वविद्यालयसँग थुप्रै उपलब्धि हुँदाहुँदै पनि केही चुनौती छन्। उपाधि हासिल गरे पनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन्। पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको छ। यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकतासँग मेल खाने बन्न सकेका छैनन्।’

मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौती समयमै सुधार गर्नुपर्ने बताइन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका