जोडिनुहोस
  • होमपेज
  • बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा

बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा प्रारम्भ गर्दै ५० शय्याको स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताए ।

विसं २०२१ मा दुई कोठाबाट सुरु भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो ।

अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड विनियोजन गरिएको थियो ।बागलुङको बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा

प्रचलन खबर

धेरै टिप्पणी गरिएका