जोडिनुहोस
  • होमपेज
  • २६०९ विन्दुमा नेप्से, साढे पाँच अर्बको शेयर किनबेच

२६०९ विन्दुमा नेप्से, साढे पाँच अर्बको शेयर किनबेच

काठमाडौं। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ३२ करोडको शेयर कारोबार भएकोमा आइतबार ५ अर्ब ४७ करोडको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १५ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१६ वटा धितोपत्रको एक करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर किनबेच भएको हो। आइतबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन महिला लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ४६१ रूपैयाँ ६० पैसा कायम भएको छ। आत्मनिर्भर लघुवित्तकाको मूल्य ९.९८ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य ६ हजार ५३० रूपैयाँ पुगेको छ।

आइतबार पाँच कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतका दरले घटेको छ।

आइतबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २४१ रूपैयाँमा २६ करोड १० लाख रूपैयाँको शेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशत घटेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३३ रूपैयाँमा १६ करोड ९ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले बढेको छ। वित्त समूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका