जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल साउन २९ गते मंगलबारको राशिफल

आज २०८१ साल साउन २९ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आज अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धन कमाउने स्रोत धेरै भएकाले सदुपयोग गर्नु राम्रो हुनेछ। संकटमा धेरै मानिसको साथ मिल्नेछ। तपाईं संलग्न संघ र संस्थाबाट राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः आज तपाईंको सिर्जनात्मक क्षमता बढ्ने दिन हो। तपाईंका पुराना गुम्सिएका भावनाहरु सिर्जनामार्फत् पोख्ने समय छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। परिवारले तपाईंको क्षमताको प्रशंसा गर्नेछन्। व्यापारमा लगानी नगर्नु राम्रो हुनेछ।

मिथुनः योजना बन्ने तर काम नबन्ने दिन छ। धर्मको सूक्ष्म रुप बुझ्न नसक्दा समाजले तपाईंको आलोचना गर्नेछ। संकटमा परिवारको साथले तपाईंको प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः मनको चञ्चलता रोक्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। राज्यको भय हुनसक्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीले तपाईंलाई आर्थिक रुपमा सबल बनाउने छ। परिवारको साथले दिन रमाइलो हुनेछ।

सिंहः दिन रमाइलो छ। सबै योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा उन्नति हुने दिन छ। सम्पत्ति भनेर दौडिने बानीले तपाईंमाथि प्रश्न उठने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्याः लगानी गरेको भए फाइदा हुनेछ। शेयर कारोबारमा राम्रो आम्दानी हुने दिन छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। नयाँनयाँ कुरा खन पाउँदा मन खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः गुमेको धन प्राप्त हुने दिन छ। धनसँगै सम्मान मिल्ने योग छ। कलाको क्षेत्रमा भने मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

वृश्चिकः आज बनाएको योजना दीर्घकालीन हुनेछ। महिनाको उत्कृष्ट दिन हो। शिक्षामा जोश र जाँगर चल्नेछ। परिवारमा शान्त वातावरण रहनाले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः सम्मान बढ्ने योग छ। राज्यबाट भइरहेको विभेदमा न्याय मिल्ने दिन छ। काममा व्यस्त हुँदा खानपानमा भने समस्या हुने देखिन्छ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। परिवारसँग विचार नमिल्दा खटपटी बढ्नसक्छ।

मकरः फजुल खर्च बढ्ने दिन छ। खर्च अनुसार नै आम्दानीसमेत हुनेछ। अवसर देख्ने बित्तिकै लगानीको प्रस्ताव गर्ने साथीसँग सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दैनिकी चुनौतीपूर्ण छ। मन आशान्त बन्ने दिन छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा सचेत बन्नु राम्रो हुनेछ। अवसरको सदुपयोग गर्नुपर्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः हरेक ठाउँमा अवसर मिले पनि सदुपयोग गर्न नसक्दा घाटा हुनेछ। समयको सदुपयोग गर्न सके व्यापारमा नाफा हुनेछ। तपाईंका लागि दिन शान्त छ। परिवारसँगको भेटघाटले मन खुशी हुनेछ। भाग्यले साथ दिने दिन छ। राजनीतिक क्षेत्रमा नाम र दाम मिल्नेछ।