जोडिनुहोस
  • होमपेज
  • चोरी मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

चोरी मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

सर्लाही। चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको साविक नेत्रगंज गाविस–२ बस्ने लालसागर पासवान रहेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीको २०५८ असार १२ गतेको फैसलाले १ महिना १५ दिन कैद र ४५ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर गरेको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सर्लाहीमा पेस गरिएको प्रहरीले जनाएको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate