जोडिनुहोस
  • होमपेज
  • धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ। यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । अब मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको हो।

सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा नवराज अधिकारीलाई बोलाइएको हो। एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो।

सर्टलिस्टमा परेका पाँचमध्ये ३ जनाको अन्तर्वार्ता तथा कार्यप्रस्तुती हुन सकेको छैन। दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन्। धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ।

यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन। ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तिमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ।

नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो। सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेसी तोकेको छ।

यद्यपि पुरानै प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्तिका लागि बाटो खुला रहेपछि सरकारले तीन जनालाई अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गर्न बोलाएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances