जोडिनुहोस
  • होमपेज
  • बङ्गलादेशलाई बिजुली बिक्रीको उद्घाटन तीन वटा देशका मन्त्रीले गर्ने

बङ्गलादेशलाई बिजुली बिक्रीको उद्घाटन तीन वटा देशका मन्त्रीले गर्ने

भोलि नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने शुरुआत तीन वटा देशका मन्त्रीले गर्ने भएका छन् । नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालोलाई जानकारी दिनुभयो । ‘भोलि दिउँसो पौने १ बजे भर्चुअल समारोहमार्फत बङ्गलादेशमा बिजुली पठाउने कामको शुरुआत हुँदैछ’, घिसिङले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्दैछ । यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले उज्यालोलाई जानकारी दिनुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help