जोडिनुहोस
  • होमपेज
  • माल्दिभ्समा मन्त्रीसहित २२५ राजनीतिक नियुक्ति खारेज

माल्दिभ्समा मन्त्रीसहित २२५ राजनीतिक नियुक्ति खारेज

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित २२५ भन्दा बढी राजनीतिक नियुक्तिलाई बर्खास्त गरेका छन्।    सानो तर रणनीतिकरूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न संघर्षरत रहेको बेला राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष सत्तामा आएपछि नियुक्त गरेका व्यक्तिलाई हटाउने आदेश दिएका हुन्।

‘राजनीतिक नियुक्तिहरूमा यो उल्लेखनीय कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खान्छ’, मुइज्जुको कार्यालयले वक्तव्यमा भनेको छ।

बर्खास्त गरिएकाहरूमा सात राज्यमन्त्री, ४३ उपमन्त्री र १७८ राजनीतिक निर्देशकहरू समावेश छन्। करिब पाँच लाख जनसङ्ख्या भएको यो मुलुकमा तिनीहरूले के काम गर्थे भन्ने स्पष्ट थिएन।

वक्तव्यमा प्रशासनमा कति थप राजनीतिक नियुक्तिहरू बाँकी छन् भन्ने उल्लेख नगरिएको भए पनि कर्मचारीहरूको यो व्यापक कटौतीले मुलुकलाई मासिक करिब तीन लाख ७० हजार डलर बचत हुने बताइएको छ।

माल्दिभ्सले सेप्टेम्बरमा उसको आर्थिक समस्या ‘अस्थायी’ भएको र सम्भावित सार्वभौम ‘बेलआउट’को चेतावनीका बाबजुद अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोग माग्ने कुनै योजना नभएको बताएको थियो ।

निर्मल सेतो बालुवाको सामुद्रिक किनार र एकान्त रिसोर्टका लागि प्रसिद्ध विलासी बिदा गन्तव्यका रूपमा परिचित माल्दिभ्स भू-राजनीतिक केन्द्रविन्दु पनि बनेको छ।

भूमध्य रेखामा छरिएर रहेका एक हजार एक सय ९२ प्रवाल टापुहरूले बनेको माल्दिभ्सका चीन र भारत दुवै सबैभन्दा ठूला द्विपक्षीय ऋणदाता हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV