जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • ईयुको कालो सूचीबाट हटेन नेपाल, सबै वायुसेवा उडानमा अझै प्रतिबन्ध

ईयुको कालो सूचीबाट हटेन नेपाल, सबै वायुसेवा उडानमा अझै प्रतिबन्ध

काठमाडौं। युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध कायमै राखेको हो ।

ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका २० वटै वायुसेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ । ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ ।

ईयूको प्रतिबन्ध कायमै रहेकोले अझै नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछैनन् ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?