जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ९ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १९ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • २ घन्टा अगाडि
  • होमपेज
  • हयात तहरीर अल–शामका नेताले भने– ‘सिरिया युद्धबाट थाकिसकेको छ’

हयात तहरीर अल–शामका नेताले भने– ‘सिरिया युद्धबाट थाकिसकेको छ’

काठमाडौं। हयात तहरीर अल–शाम (एचटीएस) नेता अबु मोहम्मद अल जुलानीले सिरियामा इजरायली आक्रमणको निन्दा गर्दै सिरिया युद्धबाट थकित भएको बताएका छन्।

अबु मोहम्मद अल जुलानीले इजरायली आक्रमणले सिरियाली क्षेत्रमा अनावश्यक तनाव बढाएको बताए । उनले सिरियाले अर्को द्वन्द्व सहन नसक्ने बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अबु मोहम्मद अल जुलानीले शनिबार भनेका छन् – इजरायलले सिरियामा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न गलत बहाना बनाइरहेको छ।

उनले सिरिया अब कुनै नयाँ द्वन्द्वमा संलग्न हुन नचाहेको पनि बताए । उनले अल–असदको शासनको पतनपछि एचटीएसले देशको पुनर्निर्माणमा ध्यान केन्द्रित गरेको बताए।

बीबीसी पश्तो सेवाका अनुसार सिरियामा बसर अल–असदको शासन पतन भएपछि इजरायलले सिरियाली सेनाको स्थानमा धेरै पटक बमबारी गरेको छ।

यी आक्रमणका सम्बन्धमा इजरायलले “आतंकवादी” शक्तिहरूलाई हतियार प्राप्त गर्नबाट रोक्नको लागि आक्रमणहरू गरिएको बताएको छ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इजरायलले शनिबार साँझ पाँच घण्टाको अवधिमा सिरियाका विभिन्न स्थानमा ६१ वटा मिसाइल प्रहार गरेको छ ।

इजरायलले बसर अल–असदको पतन पछि सिरियामा लगभग ८०० हवाई आक्रमण गरेको अनुमान गरिएको छ।

इजरायलको आक्रमणलाई ध्यानमा राख्दै शनिबार सिरियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र लेखेको थियो । उक्त पत्रमा सिरियाका स्थायी प्रतिनिधिले इजरायलको लगातार आक्रमणको निन्दा गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91