जोडिनुहोस
  • होमपेज
  • खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको थियो ।

७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो ।

मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर आएकी अधिकारीलाई स्नान गर्ने क्रममा खोलाले बगाएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help