जोडिनुहोस
  • होमपेज
  • रोष्टममै बजेट पुस्तिका च्यात्ने लिङ्देनको कदमलाई सांसद चौधरीको समर्थन

रोष्टममै बजेट पुस्तिका च्यात्ने लिङ्देनको कदमलाई सांसद चौधरीको समर्थन

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्टममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कदमको समर्थन गरेकी छिन् ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताइन् । उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गरिन् ।उनले लिङ्देनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् । उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने बताइन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै केन्द्रित गरिएको बताइन् । —

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options