जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • इजरायलमा अक्टोबर ७ को हमलाका योजनाकार सिनवार मारिए

इजरायलमा अक्टोबर ७ को हमलाका योजनाकार सिनवार मारिए

काठमाडौं। गाजास्थित हमास समूहका नेता याह्या सिनवार इजरायली आक्रमणमा मारिएका छन्।

गत वर्षको अक्टोबर ७ मा इजरायलमा हमास समूहले गरेको आक्रमणका मुख्य योजनाकार मानिने सिनवार मारिएको पुष्टि भएको हो। सिनवार लामो समयदेखि भूमिगतरूपमा सुरक्षित थिए। अहिले उनी मारिएको पुष्टि भएपछि इजरायलले आफ्नो आक्रमण सफल भएको बताएको छ।

गत वर्ष हमास समूहका लडाकु विभिन्न बाटोबाट इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा १० नेपाली विद्यार्थीसहित १२०० भन्दा बढीको मृत्यु भएको थियो।

हमासले नेपालका विपिन जोशीसहित इजरायली र अन्य विदेशी गरी साढे २०० जनालाई बन्धक बनाएको थियो। यो एक वर्षको बीचमा इजरायलले हमास कमाण्डर लक्षित आक्रमणलाई तीव्रता दिएको थियो, जसमा ४१ हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सिनवार मारिएपछि अब इजरायलको प्राथमिकता बन्धकको खोजी र रिहाइमा बदलिएको प्रतिक्रिया दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कयौँ अमेरिकीसहित इजरायली र अन्य देशका नागरिकको ज्यान लिने कार्यमा जिम्मेवार सिनवार मारिनु खुशीको खबर भएको बताएका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact