जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • केपी ओली कपलाई प्रोत्साहन गर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउँदै

केपी ओली कपलाई प्रोत्साहन गर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउँदै

काठमाडौं । केपी ओली कप हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेको स्रोतले जनाएको छ । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे ।

केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए । बफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि उनीहरु नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।