जोडिनुहोस
  • होमपेज
  • टर्किएले इजरायली राष्ट्रपतिको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न दिएन

टर्किएले इजरायली राष्ट्रपतिको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न दिएन

टर्किएले इजरायली राष्ट्रपति इसहाक हर्जोगको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न नदिएको खुलेको छ । राष्ट्रपति अजरबैजान जाने क्रममा टर्किएको हवाई क्षेत्र प्रयोग गर्न दिन इजरायलले आग्रह गरेको थियो । तर टर्किएले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इजरायली सरकारले हर्जोगको विमानलाई नोभेम्बर ११ तारिखमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनको २९औं सम्मेलन (कोप १९) मा सहभागिताका लागि टर्किएको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको थियो । जसलाई टर्किएका अधिकारीहरूले अस्वीकार गरेका खबरमा उल्लेख छ । टाइम्स अफ इजरायलले भने सुरक्षाको कारणले गर्दा हर्जोगले अस्ति अजरबैजानको आफ्नो भ्रमण रद्द गरेको दाबी गरेको छ ।

प्यालेस्टाइनको मुद्दालाई लिएर टर्किए र इजरायलबीचको सम्बन्ध सन् २०१० देखि तनावग्रस्त छ । टर्किए प्यालेस्टाइन र गाजाको पक्षमा रहेको छ भने इजरायले टर्किएका कदमको विरोध गर्दै आएको छ । पछिल्लो समय इजरायलले गाजामा गरिरहेको नरसंहारको टर्किएले चर्को विरोध गर्दै इजरायलसँगको ९० प्रतिशत व्यापार पनि स्थगित गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond