जोडिनुहोस
  • होमपेज
  • नेपाल मेडिकल कलेजका विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित

नेपाल मेडिकल कलेजका विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित

काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अध्ययरत विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित भएका छन् ।विद्यार्थीहरुले स्वास्थ्यलाई ध्यान दिदैँ क्यान्टिनको खाना गुणस्तरीय नभएकाले गुणस्तरीय खाना बनाउनुपर्ने बताएपछि नेपाल मेडिकल कलेजले अध्यनरत विद्यार्थीहरुलाई परिक्षामा फेल गराउँने धम्की दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विदार्थीहरूले होस्टेलमा रहँदा क्यान्टिनको खाना गुणस्तरीय नरहेको कुरााई बेवास्ता गरिएपछि विद्यार्थीहरुले स्वास्थ्यका बारेमा ध्यान दिदैँ अस्वास्थ्य खाना विक्रिवितरण गर्न नहुने बताएका छन् ।

पहिलो र दोस्रो वर्षका विद्यार्थीहरूलाई होस्टेल अनिवार्य गरिएको छ। होस्टेल र क्यान्टिनको खानाका लागि कलेज प्रशासनले पहिले नै १ लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्।

चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि नै उक्त रकम अनिवार्य नगर्न निर्देशन दिइसकेको छ। आयोगले पत्र नै काटेर उक्त निर्देशन दिए पनि मेडिकल कलेजले नियमविपरीत रकम लिएको गुनासो विद्यार्थीहरूले गरेका छन्।

कलेजले नियमविपरीतको शुल्क अनिवार्य गराएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई फेल गराइदिने धम्की आएको गुनासो उनीहरूको छ। कलेज प्रशासनले विद्यार्थीहरूलाई त्रसित बनाएपछि नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको टोली पुगेको थियो।

अनेरास्ववियूको केन्द्रीय कार्यालय सदस्य अशोक थापाका अनुसार विद्यार्थीहरूलाई दिइरहेको धम्की बन्द गरी उनीहरूका माग सम्बोधनका लागि दबाब दिइएको छ। आफूहरूले आन्दोलनमा पनि सहभागिता जनाएर विद्यार्थीकाका जायज माग तुरुन्त पुरा गर्न कलेज प्रशासनलाई ध्यानाकर्षण गराएको थापाले बताए। विद्यार्थीका मागको बेवास्ता गरे अनेरास्ववियूले पनि आन्दोलन चर्काउने चेतवानी थापाले दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics