जोडिनुहोस
  • होमपेज
  • बाख्मुट सहर रुसी सेनाको घेरामा

अन्तर्राष्ट्रिय

बाख्मुट सहर रुसी सेनाको घेरामा

बाख्मुट सहर रुसी सेनाको घेरामा

मस्को । रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन् ।

यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।

“वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेको समाचारमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?