जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौमा ब्लुबुकमा कीर्ते गर्ने समूह सक्रिय

काठमाण्डौमा ब्लुबुकमा कीर्ते गर्ने समूह सक्रिय

काठमाण्डौमा सवारी धनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेकोले अपरिचितलाई ब्लुबुक नदिन नेपाल प्रहरीले आग्रह गरेको छ । वास्तविक सवारी धनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो । प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो सूचना निकालेर आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो । पछिल्लो समय ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चार जनालाई पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउद चावहिलबाट दुई थान कीर्ते ब्लुबुकसहित पक्राउ परेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots