जोडिनुहोस
  • होमपेज
  • देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि

देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौं। नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५८ जना पुगेको छ।

विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या ५८ पुगेको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन्।

यस्तै, कैलालीमा ८ जना, काठमाडौंमा ७ जना र प्यूठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ। हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भइसकेका छन्।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ। पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ। त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help