देश
कृषि क्याम्पसमा विद्यार्थी कुटपिट घटनामा संलग्नलाई रिहा गरेको भन्दै नेविसंघकाे प्रदर्शन

काठमाडौँ । कृषि क्याम्पस रामपुरमा विद्यार्थीमाथि कुटपिट गर्नेलाई रिहा गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन थालेको छ। भदौ १३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयमा घटेको घटनाका दोषीलाई कारबाही गर्नुका साटाे रिहा गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।
आज बिहान थापाथली क्याम्पसमा नेविसंघले विरोध प्रदर्शन गरेको हो। उक्त घटनामा नेविसंघका केही कार्यकर्ता घाइते भएका थिए। त्यसपछि घटनामा घाइते भएका पीडितले ६ जना विरुद्ध ज्यान मार्ने र अङ्ग भङ्ग कसुरमा किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो भने ३ जना फरार थिए। पक्राउ परेकाहरू चिरन खनाल, विनोद भण्डारी, प्रसन्न पोखरेल हाजिरी जमानीमा रिहा भएका हुन्। प्रधानमन्त्रीको दबाबमा सरकारी वकिलको कार्यालय चितवनले प्रहरीलाई पत्राचार गरी छोड्न नमिल्ने मुद्दामा आरोपितलाई हाजिरी जमानी छोडेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।




































