जोडिनुहोस
  • होमपेज
  • छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं। काठमाडौंको ठमेलस्थित छायादेवी कम्प्लेक्स विरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

गुठीको जग्गा निजी बनाएर गैरकानूनी रूपमा व्यापारिक भवन बनाएको भन्दै एक दशकअघि परेको मुद्दाको निर्णय सुनाउने मिति पुस ४ गतेलाई तय गरिएको थियो। तर न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विवाद निरूपण गर्नुको सट्टा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको हो।

व्यापारिक कम्प्लेक्स बनाइएको ठाउँमा कुनै समय पोखरी रहेको र उक्त जग्गा सार्वजनिक भएको भन्दै २०७१ सालमा मुद्दा दायर भएको थियो।

यसअघि २०८० माघमा हेर्दाहेर्दैमा राखेर प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले निरन्तर सुनुवाइ गरे पनि अन्य आदेश दिएर टारेको थियो। त्यसपछि गत कात्तिकमा सुवेदी र ढुंगानाको इजलासले हेर्दाहेर्दैमा राखेर फेरि सुनुवाइ थालेको थियो। मंसीर २४ गते निर्णय सुनाउने मिति तय भए पनि सारेर पुस ४ गते पु¥याइएको थियो।

यस व्यापारिक भवनमा पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे लगायत ठूला व्यापारिक समूहको संलग्नता भएकाले सर्वोच्चको फैसलालाई चासोका साथ हेरिएको छ।

छायादेवी कम्प्लेक्सले चर्चेको १५ रोपनीमध्ये १२ रोपनी जग्गा सरकारी÷सार्वजनिक रहेको रिटमा दाबी गरिएको छ। अहिले भव्य भवन बनाइएको ठाउँमा कुनै समय पोखरी रहेको र उक्त पोखरी सुकाएर राणा शासकहरूले धान रोप्ने गरेको रिटकर्तामध्येका एक अनुसन्धाता भागवतनरसिंह प्रधानले हालेको रिटमा उल्लेख छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help