जोडिनुहोस
  • होमपेज
  • अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलर नेपालमा

अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलर नेपालमा

राजनीतिक–सैन्य मामिला ब्युरोकी योजना तथा कार्यसञ्चालन सम्बन्धी अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलरलाई नेपालमामा आउनु भएको छ ।

नेपाली सेना र यूएस इन्डो(प्यासिफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेको पाँचखालको बिरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शान्ति प्रयास चौथो संस्करण अभ्यासमा भाग लिन शिलर नेपाल आउनु भएको हो।

अभ्यासको उद्घाटन समारोहलाई सम्बोधन गर्दै, शिलरले अन्तर्राष्ट्रिय साझेदारहरूको क्षमता विकासमा नेपालको नेतृत्वको र उत्कृष्ट शान्ति स्थापनाको बारेमा प्रकाश पार्नु भयो।

नेपाल संयुक्त राष्ट्र संघका लागि सबैभन्दा ठूलो सेना योगदानकर्ता हो र ६२०० भन्दा बढी कर्मचारीहरूले संयुक्त राष्ट्र मिशनहरूमा विश्वभर सेवा गरिरहेका छन्।शान्ति प्रयास जस्ता अभ्यासहरूले यी मिसनहरूको लागि प्रशिक्षक र शान्ति सेनालाई राम्रोसँग तयार पार्न मद्दत गर्ने हो। सेनाहरूको शान्ति स्थापना क्षमताहरू सुधार गर्न मद्दत गरेर विश्वव्यापी शान्ति र सुरक्षा प्रवर्द्धन गर्न अमेरिका प्रतिबद्ध छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV