जोडिनुहोस
  • होमपेज
  • तनहुँका युवायुवतीलाई वारिष्टा तालिम

तनहुँका युवायुवतीलाई वारिष्टा तालिम

तनहुँ– बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन व्यासका तीस जना युवायुवतीलाई वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ । व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको हो ।

बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए। ‘व्यक्तिगतरुपमा तालिम लिँदा प्रतिव्यक्ति रु १७ हजारसम्म लाग्ने रहेछ’, वडा सदस्य घिमिरेले भने, ‘वडाको बजेटले मात्रै धान्न नसक्ने भएपछि लागत सहभागिता समावेश गरिएको छ ।’

उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले शुल्क निर्धारण गरिएको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा आत्मनिर्भर बन्न कसैको मुख ताक्नु पर्दैन । तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने विश्वास गरिएको व्यास–३ का वडाध्यक्ष अनुप रानाले बताए ।

वडाबाट सीपमूलक तालिमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । आइतबारदेखि सुरु भएको उक्त तालिमको मुख्य प्रशिक्षकमा अञ्जिल मियाँ रहेकि छन् । तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ ।

बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

‘सीप सिकेर विदेशमा होइन स्वदेशमै स्वरोजगार बनाउन पहल गरिनुपर्छ’, उनले भने, ‘व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा सीपमूलक र आयमूलक तालिमलाई जोड दिइएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help