जोडिनुहोस
  • होमपेज
  • आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ

आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ

काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो। जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help