जोडिनुहोस
  • होमपेज
  • नेपालमा अब ओमानी रियाल पनि खरिदबिक्री हुने

नेपालमा अब ओमानी रियाल पनि खरिदबिक्री हुने

काठमाडौं। नेपालमा अब ओमानको मुद्रा खरिदबिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ।

विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमितगर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ।

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ। ओमानी रियालको खरिदबिक्री शुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकलाई सहज हुने बताइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help