जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण तीव्र

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण तीव्र

बेनी (म्याग्दी) ।म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माण भइरहेको ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण चार ठाउँबाट तीव्र गतिमा भइरहेको छ।

मालिका–७ भारवाङस्थित विद्युत्गृह क्षेत्रबाट हेडरेस सुरुङ खन्न थालिएको हो। सुरुङ निर्माणको शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समयमै आयोजना सम्पन्न गर्न उपकरण र जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो।

आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार सुरुङ खाम्ला, छहरी र आउटलेट क्षेत्र गरी चार स्थानबाट खनिँदैछ। आउटलेटतर्फको सुरुङ मात्र १.८६५ किलोमिटर लामो हुनेछ। बाँधस्थलदेखि विद्युत्गृहसम्म कूल ५.७ किलोमिटर सुरुङ बनाइनेछ।

बाँध निर्माणका लागि १५ मिटर अग्लो र ४० मिटर लामो संरचना तयार भइरहेको छ। हालसम्म छहरीको १९८.९० मिटर अडिट सुरुङ, बाँधतर्फको ७६.५४ मिटर र मुख्य सुरुङको १.२७ किमी खनिएको छ। बाँध क्षेत्रमा २० प्रतिशत भौतिक प्रगति भएको छ।

म्याग्दी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा सानिमा बैंक नेतृत्वको सहलगानी र सर्वसाधारणको सेयरबाट रु ११ अर्ब २३ करोड लगानीमा निर्माण भइरहेको यो आयोजना २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको हो।

उत्पादित विद्युत् मालिका–७ डाडाखेतस्थित १३२ केभी सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ।