जोडिनुहोस
  • होमपेज
  • भारतीय दूतावासमा मनाइयो ध्यान दिवस

भारतीय दूतावासमा मनाइयो ध्यान दिवस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाएछन् । यसैबिच श्री चिन्मय केन्द्रसँगको सहकार्यमा आज नेपालस्थित भारतीय दूतावास परिसरमा एक ध्यान कार्यक्रमको आयोजना गरिएको छ।

वैश्विक सद्भाव प्रवर्द्धन गर्दै र मानसिक स्वास्थ्यलाई बढवा दिँदै केन्द्रका सदस्यहरूका साथै दूतावासका अधिकारीले ध्यान अभ्यास गर्न उक्त ध्यान कार्यक्रममा सहभागिता जनाएका थिए ।’

GfUmmw2a0AAtXXo

डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options