जोडिनुहोस
  • होमपेज
  • बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से

बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन : नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको बताएको छ । सोमबार नेप्सेको आधिकारिक फेसबुक पेजमार्फत नेप्सेले सो जानकारी गराएको हो ।

‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’ नेप्सेले भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ ।’

यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले लगानीकर्तालाई आग्रह समेत गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics