जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु

काठमाडौं। शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ।

सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको शक्ति समूहकी सदस्य उर्मिला श्रेष्ठले जानकारी दिइन्।

४७ वर्षीया दनुवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्थिन्। उनी केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्केकी थिइन्।

’श्रीमानले उहाँ अचेत अवस्थामा रहेको चाल पाएपछि बिहान ६ बजेतिरै अस्पताल ल्याउनुभएको रहेछ। अस्पतालले मृत्यु भइसकेको भनेको छ,’ श्रेष्ठले भनिन्।

डाक्टरहरूले उनको मृत्युको कारण खुलाइनसकेको पनि श्रेष्ठले जानकारी दिइन्।

अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो।अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा दनुवारलाई सम्मान गरेको थियो।

दनुवारको श्रीमान, एक छोरा र छोरी छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК