जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड सी खेल्दै

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड सी खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे एल्डरशटमा रहेको ईबीबी स्टेडियममा हुनेछ ।

यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले गोलरहित बराबरी खेलेको थियो । एल्डरशटमा रहेको मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड गएको हो ।

यस्तो छ नेपाली टोली–

गोलकिपर स् किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर स् छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डर स् फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लकेन लिम्बु

फर्वार्ड स् दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?