जोडिनुहोस
  • होमपेज
  • दुग्ध विकास संस्थान डुबाएको आरोपी सञ्जिब झा फेरी महाप्रबन्धक बन्ने प्रयासमा, शक्ति केन्द्रमा दौडधुप

दुग्ध विकास संस्थान डुबाएको आरोपी सञ्जिब झा फेरी महाप्रबन्धक बन्ने प्रयासमा, शक्ति केन्द्रमा दौडधुप

दुग्ध विकास संस्थान (डिडिसी)मा २ वर्षसम्म महाप्रबन्धकको जिम्मेवारीमा रहँदा विवाद नै विवादले घेरिएका सञ्जिब झा फेरी महाप्रबन्धक बन्ने कसरतमा छन् । २ वर्षे कार्यकालभरी डिडिसीमा अनियमित्ता, दुध तस्करी, भ्रष्टाचार लगायतको आरोप खेपेका सञ्जिब दोस्रो पटक महाप्रबन्धक बन्नका लागि शक्ति केन्द्रको दौडधुपमा लागेका हुन् ।

गत चैत १२ गते कार्यकाल सकेका सञ्जिबलाई शैक्षिक योग्यता सम्बन्धी प्रश्न उठेको थियो । अहिले उनी विरुद्ध अदालत, अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको छ । महाप्रबन्धकमा नियुक्ति लिँदा अस्तित्वमा नै नभएको संस्थाको कीर्ते अनुभव पेश भएको दाबीसहित सर्वोच्चमा अदालतमा रिट समेत परेको छ । यस अघि १७ करोड रकम अपचलन गरेको आरोप समेत उनलाई लागेको थियो ।

यतिबेला उनलाई मन्त्रालयले जिम्मेवारमुक्त समेत बनाएको थियो । तर, अदालतबाट अन्तरिम आदेश लिएर उनी डिडिसीमा फर्किएका थिए । उनले कृषकहरुको भुक्तानी नगरी भारतबाट गैरकानुनी रुपमा दुध लिएर काठमाडौं भित्राएको आरोप समेत लागेको छ । यस्ता विवादित व्यक्ति सञ्जिब डिडिसीको महाप्रबन्धक बन्नका लागि भरसक प्रयास गरिरहेका छन् । यसका लागि उनले कृषी तथा पशुपन्छी मन्त्रालय धाईरहेका छन् । स्रोतका अनुसार सञ्जिब झा समेत गरी तीन जनाको नाम मन्त्रालयले सर्ट लिस्टमा छनोट गरिसकेको छ । यस्ता आरोप नै आरोपबाट घेरिएका व्यक्ति पुनः डिडिसीको जिम्मेवारीमा आएभने बचेखुसेको अस्तित्व समेत अझै गुम्ने अभियान्ताहरु बताउँछन् ।

दुग्धजन्य पदार्थको संकलन र बिक्री वितरण गर्ने सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) अनियमित्ता र बेथितिले थिलोथिलो बन्दै गएको छ । विगत लामो समयदेखि निरन्तर आरालो यात्रातर्फ लागिरहेको डिडिसीको जिम्मेवारीमा सञ्जिब आएपछि यसको गति अझ बढेको हो । डिडिसीले एक अर्ब ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । संस्थानको घाटा ४२ करोडभन्दा बढी छ ।

स्रोत साधन र अधिकार सम्पन्न भएपनि संस्थानको जिम्मेवारी शक्तिकेन्द्रले ईच्छाएको व्यक्तिले पाउँने हुँदा यस्ता सार्वजनिक संस्थान धरासायी बन्दै गएको छ । जसको ज्वलन्त उदाहरण बनेका छन्, सञ्जिब झा । झामाथि संस्थानको महाप्रबन्धक रहँदा दुग्ध किसानको नागरिकता जम्मा गरी आफ्नो कीर्ते दस्तखत गरि बैंक खाता खोलेर रकम जम्मा गर्न लगाउने गरेको आरोप समेत छ । झाले दुग्ध संकलन केन्द्रहरूका कर्मचारीहरूलाई प्रभावमा पारी दूधको गुणस्तर छैन, कम फ्याट छ, दूधको मात्रा कम छ, मिसावट छ भनेर किसानलाई थोरै मूल्य दिई ठगेको आरोप खेप्दै आएका थिए ।

महालेखा परीक्षकको प्रतिवेदनले संस्थानमा करिब ८२ करोड बेरुजु देखाएको छ। झालाई सञ्चालक सदस्य राजेन्द्र प्रसाद यादव समेतको साथ सहयोग देखिन्छ । यस्तो विवाद नै विवादले घेरिएका व्यक्ति सञ्जिब पुन डिडिसीमा नै जाने कसरत गरिरहँदा शक्तिकेन्द्र भने मौन छ । बरु उनैलाई जिम्मेवारी दिएर डिडिसीमा पठाउन शक्ति केन्द्र तम्तयार रहेको बुझ्नमा आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help