जोडिनुहोस
  • होमपेज
  • पोखराको सहिदचोकलाई ‘निषेधित क्षेत्र’ हटाउन रास्वपाको माग

पोखराको सहिदचोकलाई ‘निषेधित क्षेत्र’ हटाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक क्षेत्रमा लागु गरिएको ‘निषेधित क्षेत्र’ हटाउन माग गरेको छ । मंगलबार रास्वपाका नेताहरूले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर निषेधित क्षेत्र हटाउन माग गरेका हुन् ।

उनीहरूले निषेधित क्षेत्र नहटाउँदा पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेशको मुख्यमार्ग नै दुई महिनादेखि प्रभावित भएको बताएका छन् । रास्वपाले दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको गुनासो व्यवसायीहरूले गरेको बताएको छ ।

“…पर्यटन सम्बद्ध संघ संस्थाहरूले निषेधित क्षेत्र हटाउन पहलका लागि यस पार्टीलाई गरेको आग्रह तथा सभापति लामिछानेविरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्णर”पमा सघाउने पार्टी सचिवालयको पुस ८, २०८१ को निर्णय समेतका आधारमा कात्तिक ३, २०८१ देखि जारी गरिएको निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ,” रास्वपाले पत्रमार्फत प्रशासनलाई आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14