जोडिनुहोस
  • होमपेज
  • कोशीमा प्रदेशसभाको मत गन्दा सिटौला भन्दा पौडेल अगाडि

कोशीमा प्रदेशसभाको मत गन्दा सिटौला भन्दा पौडेल अगाडि

कोशीमा राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाको मत गन्दा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाएका छन् । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए । महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसकेकी छन् । राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Play Demo for Free