जोडिनुहोस
  • होमपेज
  • स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना पक्राउ

स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना पक्राउ

हेटौँडा। मकवानपुर प्रहरीले आइतबार राति स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बाप्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक माइक्रो बसलाई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेक प्वाइन्टका प्रहरीले रोकेर चेक गरेको थियो।

सो क्रममा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर, भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

उनीहरूले स्रोत नखुलेको विदेशी मुद्रा भारत लैजान लागेको प्रहरीसमक्ष बयान दिएका छन्। विदेशी मुद्रासहित उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय मीनभवन ललितपुर पठाउने तयारी भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help