जोडिनुहोस
  • होमपेज
  • कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ

कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ

काठमाडौं। कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई नियन्त्रणमा लिएको हो।

करुणा रेष्टुरेन्ट एण्ड लज बाहिरी आइतबार साँझ शङ्कास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ।

उक्त छालाको लम्बाइ ६ फिट रहेको छ। छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पन्जाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ। छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ।

धेरै टिप्पणी गरिएका