जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल

आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः संयमित भएर भएको धन जोगाउनु राम्रो हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त भएकाले श्रम लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन रमाइलो बन्नेछ। राम्रो कमाइ हुनेछ। विदेशमा भन्दा स्वदेशमा धेरै सम्भावना छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

मिथुनः श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको सम्मान बढ्नेछ।

कर्कटः दिन सामान्य छ। विरोधी सक्रिय भएकाले पैसाको कारोबारमा सचेत हुनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारमा मनमुटाव हुने देखिन्छ। आफ्नो कुरा मात्र लागू हुन्छ भनेर सोच्नु गलत हुनेछ। विदेशमा गरेको लगानीले उत्साह बढाउने छ।

सिंहः बोलीको प्रभावले तपाईंको आकर्षण बढ्नेछ। शिक्षा क्षेत्रमा राम्रो आम्दानी हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। लगानीको क्षेत्रमा परिवारको सुझाव लिएर अगाडि बढेमा सफलता हात लाग्नेछ।

कन्याः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा अवसरको ढोका खुल्नेछ। देशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा छलफल नगरी कामको सुरुवात गर्दा विवाद हुने देखिन्छ।

तुलाः परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। तपाईंको सफलता देखेर विरोध गर्नेहरु सक्रिय हुनेछन्। परिवारमा विवाद हुने जोखिम रहेकाले घर व्यवहारमा समय दिनु राम्रो हुनेछ।

वृश्चिकः खर्च बढ्ने योग छ। श्रमको मूल्य प्राप्त नहुने देखिन्छ। साथी अनुकुल भएकाले सामाजिक सेवामा अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा देशभित्र अवसर देखिन्छन्। यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ।

धनुः भाग्यको उदय हुनेछ। लगानी सफल बन्नेछ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ लिएर लगानी गर्नु फाइदाजनक हुनेछ।

मकरः झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। श्रमको उचित मूल्यांकन नहुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ पाएमा दैनिकी सहज बन्नेछ।

कुम्भः शनिदेवको छाया योग रहेकाले सोचेको काम नबन्ने जोखिम हुन्छ। आजै बन्ने काम झुलाएर राख्ने खतरा देखिन्छ। लगानीका क्षेत्रमा विवाद हुनेछ। आफन्त मार्फत् लगानी गर्नु फाइदाजनक हुनेछ। परिवारको तर्फबाट भने रचनात्मक साथ मिल्नेछ।

मीनः दिन राम्रो छ। तपाईंका पूर्व योजना सफल बन्नेछन्। आफन्तसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको सुधार हुँदै जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options