जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ६ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ८ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ८ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १0 घन्टा अगाडि
  • १0 घन्टा अगाडि
  • होमपेज
  • राडीपाखी बुन्ने चलन हराउन थाल्यो

राडीपाखी बुन्ने चलन हराउन थाल्यो

कालीकोट । कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् ।

तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताए । ‘भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो । भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ । आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो ।’

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका–५ रुप्साका दयाराम सहकारीले बताए । ‘राडीपाखी, लिउ वा फेरुवा जे बेचे पनि एउटा बेचेवापत झण्डै रु एक हजारभन्दा बढी फाइदा हुँदैन’, उनले भने, ‘एउटा राडीपाखी, लिउ फेरुवा रु तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री हुन्छ ।’

अहिलेको रङ्गीन गलैँचा रु एक हजार पाँच सयमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको रु चार हजार पाँच सयमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका–७ नानीकोटका रामबहादुर शाहीले बताए । ‘पहिला पहिला धेरै भेडाबाख्रापालन गरेर त्यसैबाट राम्रो आम्दानी लिने चलन थियो’, उनले भने, ‘अहिले विगतका जस्तो भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउँदै गयो ।’

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए । ‘भेडाबाख्रा बहुउपयोगी पशुपालन हो । यसबाट कपडा र मासु पाइन्छ’, उनले भने, ‘भेडा बाख्रापालन व्यवसाय गर्ने किसानलाई प्राहोत्सनका लागि भत्ता व्यवस्था नगर्दा कमी आएको छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs