जोडिनुहोस
  • होमपेज
  • २५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । गत असोज १७ गते रोल्पा नगरपालिका(४ स्थित निवासमा सेवाग्राहीबाट घुस लिँदालिँदै बुढाथोकी पक्राउ परेका थिए । उनको साथबाट घुसबापत लिएको २५ हजार रुपैयाँ बरामद भएको आयोगले जनाएको थियो ।

बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्‍जबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारमा बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्दा चालक र व्यवसायीसँग घुसररिसवत माग गरिरहेको उजुरी परेको थियो । घुससहित समातिएका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिगो २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको हो ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия