जोडिनुहोस
  • होमपेज
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः स्वदेश भ्रमणको योग रहेको छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणीसफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण समस्या देखा पर्न सक्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुची बढ्ने छ। आँखामा सामान्य समस्या देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्नेछ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ कम हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातुसम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त नहुने देखिन्छ। अध्ययन सफलता मिल्ने योग छ। धन प्राप्तीमा ढिला हुने समय छ।

तुला राशिः कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। नयाँ कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। व्यवसाय गर्नेहरुलाई दिन मध्यम छ।

वृश्चिक राशिः परिवारमा सामान्य उदर समस्या देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिन छ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाईमा कार्यसिद्धि योग छ।

मकर राशिः व्यापारमा कम फल प्राप्त हुने छ। स्वास्थ्यमा केही बिकार आउने देखिन्छ। उन्नती प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाई मध्यम रहेको छ। केही व्यक्तिले धन खर्च गराउन सक्ने छन्।

कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। प्रेमिहरुका लागि राम्रो दिन छ।

मीन राशिः पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। धन आउने योग छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिमा केही बाधा छ। बिलासी कार्य र यात्रामा विचार पुर्‍याउनुहोला।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics