जोडिनुहोस
  • होमपेज
  • ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार मध्यान्ह सवा १२ बजे ललितपुर महानगरपालिका सातदोबाटोमा बाटो काट्नेक्रममा ट्रकले एक महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहाललाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको पौने १ बजे मृत्यु भएको एसपी सुवेदीले बताए।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances