जोडिनुहोस
  • होमपेज
  • शिक्षक दरबन्दीको पुनर्विचार गरिने

शिक्षक दरबन्दीको पुनर्विचार गरिने

काठमाडौं– अर्थमन्त्री वर्षमान पुले शिक्षक दरबन्दीको पुनर्विचार गरिने बताएका छन् । मन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रमको लागि उक्त बजेट विनियोजन गरेका हुन् ।

निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटले विषयगत र विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन र दरबन्दी नभएका माध्यमिक तथा आधारभूत विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको व्यवस्था गर्न ३ अर्ब ६९ करोड रुपैयाँ चालु आवको बजेटले विनियोजन गरेका थिए ।

आधारभूत तहका शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन र स्तरोन्नति गरिने, सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहले कार्य सम्पादन करार गरी कार्य सम्पादनस्तरलाई वृत्ति विकाससँग आबद्ध गर्ने व्यवस्था गरिने, अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने बजेटले घोषणा महतले गरेका थिए ।

शैक्षिक सत्र ८० सालसम्ममा २ लाख ८६ हजार ८८ शिक्षक रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV